File Photo : AP
काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अफगानी सेनाको असफलताका कारण तालिबानले अफगानिस्तानलाई छिटो कब्जामा लिएको आरोप लगाएका छन्।
सोमबार सुलिभानले एबीसीको ‘गुड मर्निङ अमेरिका’ र एनबीसीको ‘आज’मा कुरा गर्दै अफगानी सेना तालिबानलाई रोक्न पूर्ण असफल भएको बताएका हुन्।
‘सबैभन्दा पहिला हजारौं सैनिकहरु गृहयुद्धमा लड्नको लागि तयार भएनन्। यसले गर्दा अफगानिस्तानले नराम्रो स्थितिको सामना गर्नुपर्यो,’ उनले भने।
यस्तै, अफगानिस्तानलाई द्वन्द्वको तेस्रो दशकमा धकेल्न राष्ट्रपति वाइडेनले नचाहेको उनले स्पष्ट पारे।
‘अमेरिकाले अरबौं डलरको लगानी र प्रशिक्षण गरेको थियो। तर, अब हामी यो बोझ उठाउन चाहँदैनौं,‘ उनले भने,‘दुई दशकपछि अफगानी सेनाले देशको रक्षा गर्ने समय आएको छ। त्यसैले अफगानी सेनालाई काबुलको लागि लड्न नदिने निर्णय गर्यौं।’
उनले काबुलको स्थिति हृदयविदारक भएपनि राष्ट्रपति वाइडेन आफ्नो निर्णयमा अडिग रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।