Representative Image Credit: ANI
काठमाडौं- ताजिकिस्तानको परराष्ट्र मन्त्रालयले १०० भन्दा बढी अफगान सैनिक बोकेका सैन्य विमान बोख्तार शहरको विमानस्थलमा अवतरण गरेको जनाएको छ।
स्थानिय अधिकारीहरुले आफगानिस्तानमा राजनीतिक संकटको संकेत देखापरेपछि विमानलाई देशको हवाई क्षेत्र र भूमिमा प्रवेश गर्न अनुमति दिएको बताएका छन्।
आइतबार देश छाडेका राष्ट्रपति घानी पनि ताजिकिस्तानमा शरण लिन पुगेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।