Photo : Representational
काठमाडौं- उज्वेकिस्तानको सीमा पार गरेको अफगानिस्तानको एउटा सैन्य विमान दुर्घटनाग्रस्त भएको दाबी गरिएको छ। उज्वेकिस्तानको दक्षिणी सर्क्सोन्डारियो प्रान्तमा आइतबार राति उक्त विमान दुर्घटना भएको हो।
रुसको समाचार एजेन्सी आरआईएले उज्वेकिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै पाइलट सकुशल बाहिर निस्किएको र सामान्य घाइते भएको जानएको छ।
‘अवैध रुपमा सैन्य विमान उज्वेकिस्तानको सीमा पार गरेको थियो। यस बिषयमा अनुसन्धान जारी छ,’ मन्त्रालयका प्रवक्ता बाख्रोम जुल्फिकारोभले एएफपीलाई भने।
उज्वेकिस्तानका एक डाक्टर बेकपुलाट ओक्बोयेवले आफ्नो अस्पतालमा आइतबार साँझ अफगानिस्तानको सैन्य पोशाक लगाएका दुई व्यक्ति आएको बताएका छन्।
‘एक जना प्यारासुटसहित आउनु भएको थियो। उहाँलाई फ्र्याक्चर भएको थियो,’ उनले भने।
आइतबार उज्वेकिस्तानले सीमा पार गरेका ८४ अफगान सैनिकहरुलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको दाबी गरेको छ। यी सैनिकहरु फिर्ताक लागि अफगानी सरकारसँग वार्ता भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।