Photo : AFP
काठमाडौं- अफगानिस्तानमा विदेश मन्त्रालयका कर्मचारी र अर्धसैनिकसहित २०० भन्दा बढी भारतीय रहेको जनाइएको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार जसमध्ये १०० कर्मचारी भारत–तिब्बत सीमा सुरक्षा (आईटीबीपी)का रहेको बताइएको छ। उनीहरुलाई अफगानिस्तानमा भारतीय मिसनको सुरक्षा गर्ने जिम्मा दिइएको थियो।
उनीहरुको उद्धारको लागि एक भारतीय विमान काबुल विमानस्थलमा पार्क गरिएको बताइएको छ।
‘एक विमान काबुलमा छ। तर, भारतीय मिसन कम्पाउन्डबाट कर्मचारीहरुलाई कसरी सुरक्षित एयरपोर्टसम्म ल्याउने भन्नेबारे ठूलो चिन्ता छ। यहाँ तालिबानले शहरमा कर्फ्यू लगाएको छ,’ एक भारतीय कर्मचारीले भने।
तालिबानले काबुल शहर नियन्त्रणमा लिएको एक दिनपछि अफगानिस्तानको हवाई क्षेत्रमा देश छाड्न चाहने हजारौं नागरिक पुगेका थिए। भिडलाई नियन्त्रणमा लिन अमेरिकी सैनिकले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।