Photo : Reuters
काठमाडौं- कतारले आफ्ना र अफगानिस्तान छोड्न चाहने अन्तर्राष्ट्रिय संगठनका कूटनीतिज्ञ र विदेशी कर्मचारीलाई बाहिर निकाल्ने प्रयास गरिरहेको बताएको छ।
विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले सोमबार उक्त कुराको जानकारी दिएका हुन्। यस्तै, उनले अफगानिस्तानमा एक राजनीतिक सम्झौताको आवश्यक रहेको बताएका छन्।
‘अफगानिस्तानमा एक राजनीतिक सम्झौताको आवश्यक छ। दोहाबाट पनि अमेरिकी प्रतिनिधिहरुले शान्तिपूर्ण वार्ताको माध्यम खोजिरहेको छ,’ उनले भने।
यता, अमेरिकाले पनि आफ्नो प्रतिनिधिले कतारस्थित दोहामा तालिबानसँग वार्ता गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।