काठमाडौं- अमेरिकाले केन्द्रीय राजधानी काबुलमा रहेको विमानस्थल सुरक्षाका लागि अतिरिक्त सेना परिचालन गर्ने भएको छ।
सोमबार र मंगलबार थप सेना पठाउन लागिएको अमेरिकी उपराष्ट्रिय सुरक्षा सल्लाहकार जोन फिनरले बताएका हुन्।
तालिबान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाले आफ्ना नागरिकलाई उद्धार गर्न पहिलो सैन्य टोली ३० साउनमा उतारेको थियो।
उक्त अमेरिकी सैनिकले अफगानिस्तानमा रहेका कुटनीतिज्ञ, कर्मचारीलगायतका नागरिकलाई स्वदेश फर्काउने जनाइएको छ।
यता, फिनरले अमेरिकी प्रतिनिधि कतारस्थित दोहामा तालिबानसँग वार्तामा रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।