Photo : AFP
काठमाडौं- अल्बानिया र कोसोभोले अमेरिका प्रवेश गर्नका लागि भिसा चाहिने अफगान शरणार्थीलाई अस्थायी रुपमा लिन अमेरिकाले गरेको अनुरोध स्वीकार गरेको छ।
अल्बानियाको राजधानी टिरानामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री एडी रामा रामाले अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनले गरेको अनुरोधलाई स्वीकार गरेको जानकारी दिएका हुन्।
‘अफ्रिकी नेटो सदस्य अल्बेनियाले अफगान शरणार्थीहरुको लागि अवश्य सहयोग गर्छ,’ उनले भने।
यता, कोसोभोका राष्ट्रपति भजोसा ओस्मानीले आफ्नो सरकार अफगान शरणार्थीहरुलाई शरण दिनको लागि तयार भएको बताएका छन्।
यसका लागि अमेरिकासँग मध्य जुलाईदेखि छलफल भइरहेको उनले जानकारी दिए।
‘कुनै हिचकिचाहट र बिना शर्त मैले मानवीय उद्धारको लागि सहमति जनाएको छु,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।