काठमाडौं- मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले शपथ लिएको १८ महिनापछि बहुमत गुमाएसँगै पदबाट राजीनामा दिएका छन्। यससँगै उनी सबैभन्दा छोटो समय मलेसियाली प्रधानमन्त्री बनेका छन्।
मलेसियाका विज्ञानमन्त्री खैरी जमालुद्दीनले इन्स्टाग्राममा लेखेका छन्, 'मुहिद्दीन यासिनद्वारा राजमहल छोडेसँगै राजीनामा दिएका छन्।'
खेलकुद सहायक मन्त्री वान अहमद फैसल वान अहमद कमलले फेसबुकमा प्रधानमन्त्री यासिनलाई उनको सेवा र नेतृत्वका लागि धन्यवाद दिएका छन्।
तर यासिनका राजीनामाले मलेसियामा एकाएक नयाँ राजनीतिक संकट उत्पन्न भएको छ। मलेसियाली नेताहरुबीच प्रधानमन्त्रीका लागी रस्साकसी सुरु भएको छ।
यासिनका सहयोगी इस्माइल सबरी प्रधानमन्त्री पद हासिल गरेर सरकार बचाउने प्रयासमा लागेका थिए।
अन्य नेताहरुपनि प्रधानमन्त्रीको दौडमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।