काठमाडौं- अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ।
अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रीट जर्नलका अनुसार काबुल विमानस्थलको यात्रु टर्मिनलमा सोमबार बिहान गोली चल्दा तीन जनाको मृत्यु भएको हो।
वाल स्ट्रीटले प्रत्यक्षदर्शीलाई उदृत गर्दै जनाए अनुसार रगतले लतपतिएको लाश देखिएको हो। तर, रिपोर्टमा गोली कसले चलायो भन्नेबारे उल्लेख गरेको छैन।
यसअघि काबुल विमानस्थलमा अमेरिकी सेनाले सोमबार विहान हवाइ फायर गरेको जनाइएको थियो।
एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार अमेरिकी सेनाले मानिसहरुलाई विमानमा चढ्नबाट रोक्न गोली चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।