तस्वीर गेट्टी इमेज
काठमाडौं– अफगानिस्तानको काबुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ।
तालिवानले काबुल कब्जा गरेसँगै देश छाड्न चाहनेहरुको भीड विमानस्थलमा बढेपछि अमेरिकी सेनाले गोली चलाएको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ।
अमेरिकी सेनाले गोली चलाएसँगै विमानस्थलमा भागदौडसमेत मच्चिएको थियो।
अमेरिकी सेनाले भिड नियन्त्रणका लागि हवाई फायरिङ गरेको समाचारहरुमा उल्लेख छ। अहिले काबुल विमानस्थल अमेरिकी सेनाका नियन्त्रणमा रहेकोे जनाइएको छ।
गोली चलेसँगै विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।