काठमाडौं- आइतबार तिब्र रुपमा विकासित घटनाक्रमपछि अफगानिस्तानमा नयाँ चुनौतीहरु देखा परिरहेको छ। तालिबानले राजधानी काबुल कब्जा जमाएसँगै त्यहाँको माहोल फरक देखिएको छ।
अफगान राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेका छन् भने सर्वसाधारण पनि देश छाड्न तछाडमछाड गरिरहेको तस्वीर र भिडियोहरु सार्वजनिक भएका छन्।
तालिबानले सत्ताको नेतृत्व गर्ने भएसँगै हजारौ मानिस देशबाट निस्कन खोजिरहँदा काबुलस्थित विमानस्थलमा ठूलो भीड लागेको थियो। आइतबार राति काबुलको अन्तरराष्ट्रीय विमानस्थलमा गोली चलेको आवाज सुनिएको र अवस्था अराजक देखिएको बीबीसीले जनाएको छ।
मानिसहरुको भीड यति धेरै थियो कि उनीहरु विमानको रनवेमा पुगेका थिए र केही मानिस कुदाकुद हुँदा घाइते भएका थिए। विभिन्न देशहरुले आफ्ना नागरिकलाई स्वदेश फर्काउनेक्रम पनि चलिरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।