काठमाडौं- तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको जनाएको छ। तालिबानका प्रवक्ता मोहम्मद नईमले समाचार संस्था अल जजिरासँग भने, ‘अफगानिस्तानमा युद्ध समाप्त भएको छ।’
अल जजिरालाई दिएको एक अन्तर्वार्तामा तालिबानका प्रवक्ता नईमले आफूहरुले अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको र 'उनीहरुसँग कुनैपनि मुद्दामा छलफल गर्न तयार रहेको' बताएका हुन्।
अल जजिराले अफगानिस्तानको राष्ट्रपति भवनमा तालिबान लडाकुको भिडियो जारी गरेको छ।
प्रवक्ता नईमले तालिबान अलग भएर बस्न नचाहेको बताएका छन्। उनले अफगानिस्तानमा कस्तो खालको शासन व्यवस्था हुनेछ भन्नेबारे चाँडै स्पष्ट हुने बताए।
उनले शरिया कानुनको माध्यमबाट महिला र अल्पसंख्यको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिने बताए।
प्रवक्ता नईमले आफूहरुले कसैमाथि हस्तक्षेप नगर्ने नीति अपनाउने भन्दै अफगानिस्तानको मामलामा पनि हस्तक्षेप नगर्न चेतावनी दिए। उनले 'अफगानिस्तानमा कुनै पनि विदेशी सेनाले असफल अनुभवलाई दोहोर्याउने' बारे तालिबानले नसोच्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।