काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई लिएर चौतर्फी आलोचनाको शिकार खेपिरहेका राष्ट्रपति जो वाइडेनको राजीनामा माग गरेका छन्।
उनले भनेका छन्, 'अफगानिस्तानमा जसको वाइडेनले अनुमति दिए, त्यस अपमानका लागि उनले राजीनामा दिनुपर्छ।’ ट्रम्पले यदी आफू राष्ट्रपति भएको भए अमेरिका अफगानिस्तानबाट निस्कने काम 'सफलतापूर्वक’ हुने थियो भनेका छन्।
उता वाइडेन प्रशासनले भने अमेरिका-तालिबान सम्झौता ट्रम्पको राष्ट्रपति कार्यकालमानै भएको स्मरण गराएको छ। तर त्यहाँबाट निस्कने सम्झौताको सटीक जानकारी वाइडेन प्रशासनमाथि छोडिदिएको आरोप उसले लगाएको छ।
तालिबानले अफगानिस्तान कब्जा गरेपछि वाइडेनको आलोचना भइरहेको छ। वाइडेन प्रशासनका अधिकारीहरुले अफगान सुरक्षाबलको क्षमता धेरै आकेको स्वीकार गरेका छन्।
विदेशमन्त्री एन्थनी ब्लिंकनले सीएनएनसँग भने ‘हामीले जे अनुमान लगाएका थियौं त्यस अघि नै अफगानिस्तान सरकार ढलेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।