AFP, Getty Images
काठमाडौं- तालिबानका प्रवक्ता सुहेल शाहीनले आफूहरु कसैसँग बदला लिने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्।
अफगानिस्तानका बीबीसी संवाददाता याल्दा हकीमसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्।
‘हामी अफगानिस्तानका जनता, विशेष गरी काबुलका जनतालाई आश्वस्त पार्न चाहन्छौं कि उनीहरुको ज्यान र सम्पत्ति सुरक्षित छ। कसैसँगै हामी बदला लिने छैनौं,’ उनले भने।
उनले आफू अफगानिस्तानका जनताका सेवक भएको पनि बताए।
‘हाम्रो नेतृत्वले हाम्रा लडाकूहरुलाई काबुल बाहिर शान्तिपूर्ण पर्खन भनेको छ। हामी शान्तिमा शक्ति चाहन्छौं,’ उनले भने।
अफगानिस्तानको आम जनताले पनि तालिबान शासनको सरकारमा हिस्सा पाउने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।