Getty Images
काठमाडौं- तालिबानले अफगानिस्तानको काबुलस्थित राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।
राष्ट्रपति अशरफ घानीले आइतबार देश छोडेसँगै तालिबानले उक्त दाबी गरेको हो। तर, सरकारी अधिकारीहरुले यसको पुष्टि गरेका छैनन्।
तालिबानसँग प्रत्यक्ष वार्तामा संलग्न दुई अफगानिस्तानका सरकारी प्रतिनिधिका अनुसार सम्झौता अनुसार सत्ता हस्तान्तरण समारोह राष्ट्रपति भवनमा आयोजना गर्ने भनिएको थियो।
उक्त समारोहमा राष्ट्रपति घानी पनि उपस्थित हुने बताइएको थियो। तर, उनी र उनका सहयोगीहरु सम्झौता विपरित देश छोडेर भागेको बताइएको छ।
‘राष्ट्रपति भवनका कर्मचारीहरुलाई कथित रुपमा भवन छोड्न भनिएको थियो र यो खाली गरिएको थियो,’ उनीहरुले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।