काठमाडौं- अफगानी सरकारको तर्फबाट तालिबानसँग वार्ताका लागि जिम्मेवार निकायका प्रमुख डा अब्दुल्लाह अब्दुल्लाहले राष्ट्रपति अशरफ घानी देश छाडेको पुष्टि गरेका छन्।
उनलाई ‘पूर्वराष्ट्रपति’को संज्ञा दिँदै घानीले तालिबान लडाकू समूह राजधानी काबुलनजिकै पुगेका बेला देश छोडेको बताए।
‘अफगानिस्तानका पूर्वराष्ट्रपतिले देश छाड्नु भएको छ। ईश्वरले उहाँलाई जबाफदेही बनाउनेछन् र राष्ट्रले पनि मूल्याङ्कन गर्नेछ,’ अबदुल्लाले फेसबुकमार्फत् भिडियोमा भने।
गृहमन्त्रालयका एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै घानी ताजिकिस्तान गएको बताएका छन्।
तालिबान लडाकूहरूले काबुललाई घेरेपछि दुई हप्ताभन्दा कम समयमा देशको ३४ प्रान्तीय राजधानीमा २६ कब्जा गरेपछि सत्ता हस्तान्तरणको शान्तिपूर्ण वार्ताका बीच घनीले देश छाडेका हुन्।
आइतबार तालिबानले अफगानिस्तानको शक्तिको केन्द्र मानिएको काबुललाई घेरा हालेका थिए। त्यसपछि तालिबानले आफ्ना लडाकूहरुलाई हिंसा नगर्न र काबुल छोड्न चाहने जो कोहीलाई सुरक्षित जान दिन निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।