Photo : REUTERS/Stringer
काठमाडौं- अफगानिस्तानस्थित अमेरिकी दूतावासले राजधानी काबुलको स्थिति भयावह बन्दै गएको बताएको छ।
दूतावासका अनुसार तालिबान प्रवेश गरेसँगै त्यहाँको एयरपोर्टमा आगो लगाइएको छ।
दूतावसले तत्काल जाने कुनै ठाउँ नभएको भन्दै आफ्ना नागरिकहरुलाई आश्रय दिन पनि आग्रह गरेको छ।
यता, फ्रान्सले अफगानिस्तानको दूतावास काबुल विमानस्थल नजिकै सार्ने भएको छ। सबै फ्रान्सेली नागरिकहरु निकाल्न सहयोग गर्न दूतावास सार्न लागिएको विदेश मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।