Getty Images
काठमाडौं- बेलायतले अफगानिस्तानको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गर्दै हिंसा अन्त्य गर्न तालिबानसँग आग्रह गरेका छन्।
आइतबार तालिबानले काबुल कब्जा गरेसँगै बेलायती विदेश मन्त्रालयले हिंसा अन्त्य गर्न आग्रह गरेको हो।
विदेशमन्त्री डोमिनिक राबले यसबारे पाकिस्तानी समकक्षी शाह महमूद कुरैशीसँग कुरा भएको बताएका छन्।
‘कुरैशीसँग अफगानिस्तानको भविष्यबारे कुरा भएको थियो। उहाँले पनि अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई हिंसा अन्त्य गर्न र मानव अधिकारको रक्षा गर्न आवज उठाउनुपर्ने बताउनु भएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।