Photograph: AFP
काठमाडौं- अफगानिस्तानमा युद्धरत तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले राजधानी काबुलको सुरक्षार्थ आफूहरु प्रवेश गर्ने बताएका छन्।
राष्ट्रपति अशरफ घानी देश छाडेर शरण लिन ताजिकिस्तान पुगेको समाचार प्रकाशित भएको केही समयपछि उनले आफ्ना सैनिकहरुलाई काबुलमा खटाउने जानकारी दिएका हुन्।
‘स्थानीय प्रहरीहरुले आफ्नो चौकी छोडेर भागेका छन्। यहाँ लुटपाट रोक्न हाम्रा सैनिकहरु खटाइनेछ,’ उनले भने।
यसअगाडि तालिबानले विदेशी नागरिक र सरकारी सेनालाई घर फर्किन दिने बताएको थियो। यद्यपि, अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन आग्रह गरेको छ।
त्यस्तै, विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।