काठमाडौं- तालिबानको अफगानिस्तानमा कब्जा जमाएसँगै बढ्दो आप्रवासनको लहरलाई रोक्न पाकिस्तानको साथ चाहिएको टर्कीले बताएको छ।
राष्ट्रपति रेजेप तय्यीप एर्दोआन एर्डोगानका अनुसार तालिबानबाट असुरक्षित महसुस गरिरहेका अफगानीहरु इरान हुँदै टर्की बसाई सर्ने प्रयास गर्दैछन्।
उनले अफगानिस्तानमा स्थिरता ल्याउन र सामूहिक आप्रवासन रोक्न पाकिस्तानसँग मिलेर काम गर्ने बताए।
‘अफगानिस्तानमा शान्ति र स्थिरता ल्याउन पाकिस्तानको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘यसका लागि टर्की-पाकिस्तान एक हुनुपर्ने छ। टर्कीले त्यसका लागि सबै गर्न सक्ने कोसिस गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।