काठमाडौं- अफगानिस्तानको राजधानी काबुलबाट विभिन्न देशका कुटनीतिक अधिकारीसहित ४ सय ९९ जनालाई उद्धार गरिएको छ।
पाकिस्तानि विदेश मन्त्रालयका अनुसार दुई उडानमध्ये पहिलो उडान राजधानी इस्लामावादमा अवतरण भएको छ। यी दुवै उडानमा विभिन्न देशका कुटनीतिक अधिकारीहरुसमेत रहेको बताइएको छ।
अफगानिस्तानको विभिन्न स्थानबाट उद्धार गरिएकालाई काबुल एयरपोर्टमा ल्याइएको थियो। त्यहाँबाट उनीहरुलाई इस्लामावादमा ल्याइएको हो।
काबुलस्थित विभिन्न कुटनीतिक नियोगले आफ्ना कार्यालयहरु खाली गरिरहेका छन्। यद्यपि, तालिबानले कुटनीतिक नियोगलाई नआत्तिन आग्रह गरेको छ।
यता, पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हाफिज चौधरीले काबुलमा रहेको पाकिस्तानी दूतावासले मद्दत खोजिरहेका सबै पाकिस्तानी, अफगानिस्तान र अन्तर्राष्ट्रिय समुदायका मानिसहरुलाई सहयोग गरिरहेको बताएका छन्।
उनले भने, ‘कूटनीतिक कर्मचारी, संयुक्त राष्ट्र संघ एजेन्सी, अन्तर्राष्ट्रिय संस्थाका कर्मचारीहरु र पत्रकारहरुलाई भिसा दिन पाकिस्तानी आन्तरिक मन्त्रालयले एउटा विशेष सेल बनाएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।