Photo : EPA
काठमाडौं- तालिबानबाट असुरक्षित रहेको आफगानिस्तानको राजधानी काबुलको सुरक्षार्थ नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो)ले आफ्नो कूटनीतिक उपस्थिति कायम राखेको छ।
नेटोका एक अधिकारीले शहरको विमानस्थल सञ्चालनमा राख्न मद्दत गरिरहेको बताएका छन्।
‘नेटो लगातार अफगानिस्तान मा घटनाक्रम को मूल्यांकन गरिरहेको छ,’ ती अधिकारीले रोयटर्सलाई भने,‘हाम्रा कर्मचारीहरुको सुरक्षा सर्वोपरि छ र हामी आवश्यक अनुसार समायोजन गर्न जारी राख्छौं।’
उनले द्वन्द्वको राजनीतिक समाधान खोज्ने अफगानिस्तानको प्रयासलाई समर्थन गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।