Shah Mehmood Qureshi/Facbook
काठमाडौं- पाकिस्तानले अफगानिस्तानको बदलिँदो अवस्थाको अनुगमन गरिरहेको बताएको छ।
अफगानिस्तानको वर्तमान स्थितिबारे बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हाफिज चौधरीले यस्तो बताएका हुन्।
‘पाकिस्तान एक राजनीतिक सम्झौताको लागि प्रयास जारी राख्नेछ र हामी आशा गर्दछौं अफगानिस्तानमा सबै पक्षहरु मिलेर यो आन्तरिक मुद्दाको समाधान गर्न काम गर्नेछन्,’ उनले भने।
चौधरीका अनुसार काबुलमा रहेको पाकिस्तानी दूतावासले मद्दत खोजिरहेका सबै पाकिस्तानी, अफगानिस्तान र अन्तर्राष्ट्रिय समुदायका मानिसहरुलाई सहयोग गरिरहेको छ।
उनले भने, ‘कूटनीतिक कर्मचारी, संयुक्त राष्ट्र संघ एजेन्सी, अन्तर्राष्ट्रिय संस्थाका कर्मचारीहरु र पत्रकारहरुलाई भिसा दिन पाकिस्तानी आन्तरिक मन्त्रालयले एउटा विशेष सेल बनाएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।