काठमाडौं- अफगानिस्तानको राजधानी काबुलमा तालिबान फर्किएसँगै युवतीहरू सहयोगको याचना गरिरहेका छन्।
अफगानिस्तानको टोलो न्युजका प्रमुख लोतफुल्लाह नाजाफिजादाका अनुसार महिलाहरुले आफूहरु असुरक्षित रहेको भन्दै सहयोगको याचना गरेका हुन्।
उनले आइतबार आफ्नो ट्वीटरमा शेयर गरेको एउटा तस्वीरमा एक पुरुषले भित्तामा कोरिएको महिला मोडलको तस्वीरलाई रंग लगाएर हटाउँदैछन्।
उनका अनुसार २००२ अघि तालिबानले पुरै अफगानिस्तानको सत्ता हाँक्दा अफगानिस्तानमा सरिया कानून लागु थियो। जसअनुसार १२ वर्षभन्दा बढी उमेरका छात्राले स्कुल जान पाउँदैन थिए।
अहिले तालिबानले कब्जामा लिएर शहरहरुमा पनि पुरुषलाई नलिई महिलाले एक्लै घरबाहिर निस्कन पाउँदैनन्। त्यस्तै, उनीहरुलाई बुर्का लगाउन पनि निर्देशन दिइएको छ।
केही महिला कामदारहरुलाई अब उनीहरुको जागिर पुरुषले गर्नेछन् भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।