काठमाडौं- अमेरिकाले आफ्ना नागरिकको उद्धार नसकिएसम्म तालिबानलाई काबुल भित्र नछिर्न आग्रह गरेको छ।
अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जाल्मे खलिलजादले तालिबानीलाई अमेरिकी नागरिकको उद्धार नसकिएसम्म काबुलबाहिरै बस्न भनेको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।
अमेरिकाले अर्को ७२ घण्टाभित्र आफ्ना नागरिकको उद्धार गरिसक्ने जनाएको छ।
अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता ल्याउन थप पाँच हजार सैनिक काबुल पठाएको छ। त्यस्तै, अन्य मुलुकले पनि आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहल गरिरहेका छन्।
तालिबानले अहिले काबुललाई चौतर्फी घेरा हालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।