काठमाडौं- अफगानिस्तानको विद्रोही संगठन तालिबानलाई तत्कालका लागि अन्तरिम सरकार गठन गरेर सत्ता हस्तान्तरण गर्न सरकारी पक्षले राष्ट्रपति असरफ घानीलाई सुझाव दिएका छन्।
सत्ता तालिबानको हातमा पुग्ने अवस्ता आएपछि बसिएकाे आपतकालीन बैठकमा उनलाई उक्त सुझाव दिइएकाे हाे।
अफगानिस्तानमै रहेको घानीनिकट स्रोतलाई उधृत गर्दै अलजजिराले केही घण्टाभित्रै राजीनामा दिनसक्ने जनाएको छ।
तालिबानसँग सहमति हुन नसके घानी देश छाडेर अर्को मुलुकमा शरण लिन जाने अनुमान पनि गरिँदै आएकाे छ।
उनले राजधानी काबुलमा शान्ति–सुव्यवस्था कायम राख्न सुरक्षा फौजलाई आदेश दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।