Photo : AFP
काठमाडौं- अफगानिस्तानको विद्रोही संगठन तालिबानले जितको खुसीयालीमा आफ्ना लडाकूहरुलाई गोलीबारी गर्न नदिने बताएको छ। आइतबार एक विज्ञप्तिमार्फत् तालिबानले उक्त घोषणा गरेको हो।
पछिल्लो १० दिनमा तालिबानले काबुलबाहेकका अफगानिस्तानका सबै प्रमुख सहरमा कब्जा जमाइसकेको छ।
अहिले काबुलमा तालिबानका लडाकूहरु प्रवेश गरेका छन् ।
तालिबानले काबुलमा कुनै आक्रमण नहुने र शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको लागि वार्ता भइरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।