काठमाडौं- पाकिस्तानले द्वन्द्व चर्किएको छिमेकी देश अफगानिस्तानसँगको सीमा पूरै सिल गरेको छ।
अधिकारीले पाकिस्तानको खाइबर पख्तुनख्वा प्रान्तस्थित तोर्खाम सीमा पूरै सिल गरेका हुन्।
तोर्खाम बोर्डर दुई देशको व्यस्त सीमा नाका हो। अफगान बोर्डर ट्रान्जिट र प्रशासनिक कार्यालय सबै तालिबानको कब्जामा पुगेको स्थानिय अधिकारीहरुले जनाएका छन्।
पाकिस्तानी अधिकारीले अफगानी तालिबानसँग सम्पर्कको प्रयास पनि गरिरहेको जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।