Photo : Reuters
काठमाडौं- तालिबानले अफगानिस्तानको प्रमुख हवाई अखडा बाग्राम र जेल कब्जा गरेको दाबी गरेको छ। उनीहरु अहिले काबुलको बाहिरी इलाकामा छन्।
बाग्राम हवाई क्षेत्र गत महिनासम्म अलकायदा र तालिबानविरुद्ध लड्ने केन्द्र थियो। अमेरिकाले अफगानिस्तानमा आफ्नो बीस वर्षको युद्ध यहाँबाट सञ्चालन गर्दै आएको थियो
गत महिना अमेरिकी सैनिकहरुले यो हवाई क्षेत्र छोडेका थिए। डिसेम्बर २००१ मा अमेरिकाको नेतृत्वमा नेटो सेना काबुल पुगेको थियो। त्यसपछि बाग्राम एक विशाल हवाई क्षेत्रको रूपमा विकसित गरिएको थियो। जसमा एक समयमा १० हजार सैनिकहरु बस्न सक्थे।
जर्ज डब्ल्यू बुश, बराक ओबामा र डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो सम्बन्धित कार्यकालको दौरान बाग्राम हवाई क्षेत्रको निरिक्षण गरेका थिए।
बग्राम जेल जीवन बिताइरहेका कैदीहरुसँग गरिने दुर्व्यवहारको लागि प्रख्यात थियो। यो क्युबाको एक अमेरिकी सैन्य जेल ग्वान्टेनामोसँग तुलना गरिएको थियो।
बग्राम जेल अमेरिकाले बनाएको थियो। तर, २०१३ मा यो अफगानिस्तानलाई हस्तान्तरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।