काठमाडौं- अफगानिस्तानको राजधानी काबुल तालिबानले कब्जा गरेसँगै रुसले अन्य देशहरुसँग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ।
विदेश मन्त्रालयका अधिकारी जमीर काबुलोभले रूसी समाचार एजेन्सीसँग कुरा गर्दै तत्कालै राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउनुपर्ने बताए।
‘हामी अफगानिस्तानको अवस्थाबारे जानकारी लिन बैठक बोलाउने तयारी गरिरहेका छौं। बैठक बस्नेछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।