काठमाडौं- अफगानिस्तानका राष्ट्रपति असरफ घानी ‘शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण’ गर्न तयार भएसँगै तालिबान वार्ता टोली राष्ट्रपति भवन पुगेका छन्।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार तालिबानका शीर्ष नेताहरु घानीलाई भेट्न राष्ट्रपति भवन पुगेका हुन्।
समाचारमा जनाइअनुसार राष्ट्रपति घानीले आजै नै तालिबानलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरेका छन्।
अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले टोलो न्यूजसँग कुरा गर्दै सत्ता हस्तान्तरण शान्तिपूर्ण रुपमा हुने र अन्तरिम सरकार गठन हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।