काठमाडौं- अफगानिस्तानकी महिला सांसद फरजाना कोचाईले तालिबान लडाकूहरू राजधानी काबुल प्रवेश गरेसँगै नागरिकहरु असुरक्षित महसुस गरिरहेको बताएकी छन्।
बीबीसीसँग कुरा गर्दै उनले नागरिक राजधानी काबुल छोड्न खोजिरहेको तर भाग्ने कुनै ठाउँ नभएको बताएकी छन्।
‘मलाई थाहा छैन। उनीहरु कहीँकतै जान सक्दैनन्। त्यहाँ कुनै ठाउँ बाँकी छैन। काबुलबाट उड्ने सबै विमानहरु आज भरिएका छन्। नागरिक काबुलबाट भाग्न चाहन्छन् र भारत वा कुनै छिमेकी देश, जहाँ पनी उनीहरु एक ठाउँ जान चाहन्छन्,’ उनले भनिन्।
उनका अनुसार काबुलबाट बाहिर निस्कने एकमात्रै भरपर्दो साधन भनेको हवाई हो। तर, सबै उडान भरिसकेको छ।
‘हवाई सेवा प्रदायकहरु उडान भरिसकेको बताउँछन्। यहाँ धेरै नागरिक उनीहरु फसेका छन्। उनीहरुसँग धेरै विकल्पहरु पनि छैनन्,’ उनले भनिन्।
उनका अनुसार महिलाले तालिबानको नियन्त्रणमा रहेका क्षेत्रमा काम गर्न छोडेका छन्। उनी विद्यालय र कार्यलय जाँदैनन्।
‘महिलाहरुको स्थिति त्यति खराब छ जति भविष्यवाणी गरिएको थियो। उनीहरुलाई घरमा कैद गरिनेछ। हेरौं के परिवर्तन हुन्छ,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।