काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित किन्नौर जिल्लामा बुधबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै राज्य विपद् व्यवस्थापन निर्देशक सुदेशकुमार मोख्ताले उद्धार अभियानको चौथो दिन निहार तहसीलको चौरा गाउँमा थप ६ शव फेला पारेको बताए।
उनका अनुसार ९ जना अझै बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको छ।
यस्तै, शुक्रबार साँझ भरबाट खसेको ढुङ्गा लागेर बसमा सवार दुई जना घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।