काठमाडौं- अफगानिस्तानमा ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबानले कब्जा जमाएको छ।
तालिबानले कब्जा गरेको १९ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै कब्जामा लिएका हुन्।
पछिल्लो पटक तालिबानको कब्जा गरेको प्रान्तमा कन्दाहर, हेल्मान्ड, हेरात, बाड्घीस, घोर, लोगार, जाबुल र ओर्जुगान रहेका छन्।
ती बाहेक पाक्तीया र वार्डाक प्रान्तका भने राजधानी मात्रै सरकारी कब्जामा रहेका छन्। अन्य सबै भाग तालिबान लडाकूको कब्जामा रहेको बताइएको छ।
तालिबानले पूर्वमुजाहिद्धिन नेता तथा जमात ए इस्लामी पार्टीका वरिष्ठ नेता इस्माइल खानलाई पनि कब्जामा लिएका छन्।
तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार पनि केही दिन अगाडि नै कब्जा गरेको छ। कन्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो भने रणनीतिक हिसावले महत्वपूर्ण क्षेत्र हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।