फाइल तस्वीर
काठमाडौं- तालिबान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाले आफ्ना नागरिकलाई उद्धार गर्न पहिलो सैन्य टोली उतारेको छ।
केन्द्रीय राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका आफना नागरिकलाई उद्धार गर्न आएका हुन्।
उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका नागरिकलाई स्वदेश फर्काउने जनाइएको छ।
अफगानिस्तानमा तालिबानले अहिलेसम्म १९ प्रान्तीय राजधानी आफूको नियन्त्रणमा रहेको दाबी गरेको छ।
अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबान लडाकूले राजधानी नै नियन्त्रणमा लिने अभियान सुरु गरेका छन्।
विदेशी सैनिक फिर्ता भएको दुई हप्ता मात्रै भएको छ भने लडाकूले एक हप्तादेखि प्रान्तीय राजधानी नियन्त्रणमा लिने अभियान चलाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।