काठमाडौं- क्यानडाले तालिबानको बढ्दो हिंसाका कारण देश छोड्नुपर्ने अवस्थामा पुगेका अफगान नागरिकलाई सहयोग गर्ने घोषणा गरेको छ।
क्याडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले ट्वीटमा लेखेका छन्, " अफगानिस्तानमा अवस्था खराब हुँदै छ र त्यहाँका मानिसको जीवन खतरामा छ। उनीहरुको सहयोगका लागि हामी हाम्रो पुनर्वास कार्यक्रमलाई विस्तार गरिरहेका छौं - हामी २० हजार प्रभावित अफगानिस्तानका मानिसलाई शरण दिनेछौं र यस प्रकृयालाई तिब्रता दिने छौं।"
अध्यागमन मन्त्री मार्को मेन्डिसिनोका अनुसार यस नयाँ योजनामा महिला नेता, मानवअधिकार कार्यकर्ता, पत्रकार, अल्पसंख्यक समुदायका मानिस, एलजीबीटीक्यूआई सदस्य र पहिला देखिनै बसेका इंटरप्रेटर सहभागी हुनेछन्, जसलाई आफ्नो देशमा तालिबानबाट खतरा छ।
उनले भने, "अफगानिस्तानमा स्थिति दयनीय छ र क्यानाडा अफगानी नागरिकका साथमा छ।"
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।