काठमाडौं- अफगानिस्तानमा तालिबानले तिब्र रुपमा शहरहरु कब्जा लिन थालेसँगै अमेरिकी राष्ट्रपतिमाथि प्रश्न उठ्न थालेको छ। तर राष्ट्रपति जो वाइडेन सैनिकलाई फिर्ता बोलाउने फैसलामा अडिग रहेका छन्। आफ्नो फैसलामा जनताको साथ रहेको उनको बुझाइ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
२० वर्षमा दुई ट्रिलियन डलर खर्च र २ हजार ५ सय अमेरिकी सैनिकले ज्यान गुमाएपछि अमेरिकाले आफ्नो सेनालाई फिर्ता बोलाइरहेको छ। यस बीच तालिबान बिना प्रतिरोध अफगानिस्तानका कयौं ठूला शहरमा कब्जा गर्न सफल भएको छ र राजधानी काबुल नजिक पुगेको बीबीसीले जनाएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार, विपक्षी रिपब्लिकन पार्टीले बाइडेनमाथि कयौं प्रश्नहरु उठाएको छ। अमेरिकी टेलिभिजनहरुमा अफगानिस्तानको तस्वीरसँग बाइडेनको करिब १ महिना पूरानो भनाइ प्रसारण भइरहेको छ। उनले भनेका थिए, "तालिबानले सबै चलाउने छ र देशको सबै स्थानमा उसको कब्जा हुन्छ भन्नेकुराको आशा निकै कम छ ।"
अमेरिकी पत्रिका द वांशिङ्गटन पोस्टले एक सम्पादकीय लेखेर बाइडेनले २००१ मा अफगानिस्तानमा भएको प्रगतिलाई खतरामा राखिदिएका छन् जसमा युवतीको शिक्षा पनि रहेको उल्लेख गरेको छ।
पत्रिकाले लेखेको छ , "अफगानीस्तानको बर्बाद र समाप्त हुन लागेको जिन्दगी बाइडेनको विरासतको हिस्सा हुनेछ, जसरी यो फैसलाले अमेरिकी डलर बच्ने छ।"
अमेरिका ३ हजार सेनालाई फिर्ता बलाइरहेको छ। यसका अलावा दूतावासका कर्माचारी र अमेरिकी सुरक्षावललाई सहयोग गर्ने अफगानीलाई पनि उसले त्यहाँबाट बाहिर निकालिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।