एजेन्सी– अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियन शासक किम जोन–उनबीच शिखर वार्ता हुने होटल तय भएको छ। सिंगापुरको सेनटोसा आइल्याण्डमा रहेको कपेला होटलमा दुई नेताबीच बहुप्रतिक्षित वार्ता हुने छ।
वार्ता आगामी जुन १२ मा हुँदै छ। वार्ताका लागि तय भएको सो होटल सिंगापुरको महंगो होटलमा पर्दछ। ह्वाइट हाउसकी प्रवक्ता सारह स्यान्डर्सले वार्ता हुने होटल तय भएको ट्विटमार्फत सार्वजनिक गरेकी हुन्।
उता वार्ता स्थलको सुरक्षामा गोर्खा सैनिकलाई खटाउने सिंगापुर सरकारको तयार छ। समाचार संस्था रोयटर्सका अनुसार भित्री सुरक्षामा अमेरिका र उत्तर कोरियाकै सुरक्षाकर्मी रहनेछन् भने वार्तास्थल, होटल र सडकको सुरक्षामा भने सिंगापुर पुलिसमा कार्यरत गोरखा सैनिकलाई खटाउन लागिएको छ।
गोरखा सैनिक बहादुर हुने भएकाले भिआइपी सुरक्षामा उनीहरुलाई खटाउन लागिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।