अम्मान– जोर्डनमा जारी सरकार विरोधी आन्दोलनप्रति चासो व्यक्त गर्दै राजा अब्लुल्लाह द्वितीयले मङ्गलबार प्रस्तावित आयकर कानुनलाई खुकुलो पार्न सरकारलाई निर्देशन दिएका छन्।
जोर्डनमा करिब एक हप्तादेखि जारी आयकर सुविधाको कटौति तथा प्रधानमन्त्रीको राजिनामा माग्दै भइरहेको आन्दोलनलाई मथ्थर पार्न सरकारलाई आयकर सम्बन्धी प्रस्तावित कानुनलाई समीक्षा गर्न आग्रह गरेका हुन्।
राजा अब्लुल्लाह द्वितीयले प्रधानमन्त्री ओमार अल राजाजलाई लेखेको पत्रमा भनिएकोे छ, ‘कर प्रणालीबारे सरकारले गरेको निर्णयमाथि बृहत समीक्षा हुनु जरुरी छ। नयाँ कर प्रणालीले गरिब र धनीबीच अन्यायपूर्ण करप्रणालीको व्यवस्था हुनु ठीक नहुने हुँदा सन्तुलित कर प्रणालीको सरकारले व्यवस्था गर्नुपर्छ ।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।