Photo : AP
काठमाडौं- भारतको हिमाञ्चल प्रदेशमा गएको पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। पहिरोमा अरु कम्तीमा ६० जना पुरिएको आशंका गरिएको छ।
‘घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइतेलाई उद्धार गरिएको छ,’ भारत–तिब्बत सीमा सुरक्षा (आइटीबीपी)ले भनेको छ।
कम्तीमा २५ व्यक्ति बोकेको एउटा बस नै पहिरोमा पुरिएको आइटीबीपीले जनाएको छ। उक्त बस निकाल्न प्रहरी उद्धारकार्यमा परिचालित भएका छन्।
हिमाञ्चल प्रदेशको किन्नौर जिल्ला अन्तर्गत पर्ने घटनास्थलमा अझै ढुङ्गा खसेको तिब्बतको सीमानामा एक स्थानीय प्रहरी अधिकारीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।