काठमाडौं- अफगानिस्तानमा युद्ध गरिरहेको विद्रोही समूह तालिबानले १० ओटा प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएको छ।
अफगानिस्तानका ३४ प्रान्तीय राजधानीमध्ये करिब एक तिहाइ अब तालिबानको कब्जामा लिएको हो। बिहीबार मात्रै तालिबानले घान्जी सहरलाई आफ्नो कब्जामा लिएको जनाएको छ।
घान्जी राजधानी काबुललाई कन्दाहारसम्म जोड्ने प्रमुख मार्ग हो। घान्जीलाई आफ्नो कब्जामा लिएसँगै तालिबानले काबुल पनि कब्जा गर्ने रणनीति बनाएको छ।
बुधबार तालिबानले कन्दाहारको सहरमा हमला गरेको थियो। तालिबानले उक्त सहरको जेल आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । तर, अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन।
त्यस्तै, अफगानिस्तानको दक्षिणी सहर लस्कर गाहमा पनि तालिबानले प्रहरी हेडक्वार्टरलाई नियन्त्रणमा लिएको छ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार पछिल्लो एक महिनामा अफगानिस्तानमा एक हजारभन्दा धेरै आम नागरिकको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।