बेइजिङ– चीनको उत्तरपूर्वी प्रान्त लियाओनिङमा रहेको एउटा फलाम खानी विष्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने खानीमा फसेका २ दर्जनभन्दा बढी श्रमिककाे उद्दार गरिएकाे छ।
राज्य सञ्चालित चिनियाँ टेलिभिजन सिसीटीभीका अनुसार खानी सञ्चालनमा रहेका समयमा दुर्घटना भएकोले ठूलो मानवीय क्षति भएको हो।
मृत्यु हुनेमा अधिकांश खानीमा नियमित काम गर्ने श्रमिक नै परेको बताइएको छ। फसेका श्रमिकको उद्धार गरी सुरक्षाकर्मीले अस्पताल पुर्याएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।