काठमाडौं–तालिबान विद्रोहीले विभिन्न प्रान्त र शहर कब्जा गर्न थालेपछि अफगानिस्तान सरकारले सैनिक प्रमुखलाई हटाएको छ।
तालिबान लडाकुले ३४ मध्ये ९ वटा प्रान्तका राजधानी कब्जा गरेपछि सरकारले सैनिक प्रमुख जनरल वली मोहम्मद अहमदजईलाई बर्खास्त गरेको हो।
गत जुन महिनामा नियुक्त उनलाई सुरक्षा व्यवस्था मजबुद बनाउन नसकेको आरोप लगाउँदै हटाइएको बीबीसीले जनाएको छ। नयाँ सैनिक प्रमुखमा जनरल हिबातुल्लाह अजिजेई नियुक्त भएका छन्।
नयाँ सेना प्रमुखले देशमा बढिरहेको हिंसासँग जुध्नुपर्ने छ। किनकी तालिनबानले आक्रमण जारी रहेको छ। अमेरिका र अन्य विदेशी सैनिक २० वर्षको सैन्य अभियानपछि फिर्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।