काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा ४१ हजार १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसका साथ भारतमा कुल संक्रमितको संख्या तीन करोड २० लाख भन्दा धेरै भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा ४९० जनाको मृत्यु भएको छ। यससँगै भारतमा चार लाख २९ हजार भन्दा धेरैको कोरोनाका कारण मृत्यु भएको छ। ३९ हजार कोरोना संक्रमित निको भएका छन्। कोरोना निको हुने दर ९७ दशमलव ४५ रहेको छ।
अहिलेसम्म भारतमा ५२ करोडले कोरोनाविरुद्धको खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।