काठमाडौं- विद्रोही समूह तालिबानसँग युद्ध लडिरहेको अफगान सरकारले आफ्नो सेना प्रमुख परिवर्तन गर्ने भएको छ।
तालिबानसँगको युद्धमा परिणममुखी जित हासिल गर्न नसकेको भन्दै अफगान सरकारले सेना प्रमुख परिवर्तन गर्न लागेको हो।
अफगानिस्तानमा हाल जनरल वली मोहम्मद अहमदजई सेना प्रमुख रहेका छन्। उनी यस वर्ष जुनमा नियुक्त भएका थिए। उनको स्थानमा को आउनेछन् भन्ने कुरा सरकारले खुलाएको छैन।
यद्यपि, उनको उत्तराधिकारी अब देशभर बढ्दो हिसाको सामना गर्नुपर्ने हुन्छ। अफगानिस्तानमा हाल तालिबानले देशको ३४ प्रान्तमध्ये ९ को राजधानी कब्जा गरेको छ।
सरकारी स्रोतका अनुसार तालिबान गझनी शहरमा प्रवेश गरेका छन्, जहाँ सुरक्षा बलहरुसँग भीषण गोलाबारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।