काठमाडौं- भारतको राजस्थानस्थित भिलवारा जिल्लामा खानीको भग्नावशेष भत्किँदा सात मजदुरको मृत्यु भएको छ।
असिन्द क्षेत्रको लाचुडा गाउँमा बुधबार भएको घटनामा चार महिला, तीन पुरुषसहित अन्य पाँच कामदार पुरिएका थिए।
भिलवाडाका कलेक्टर शिवप्रसाद नकातेले भने, ‘खानीको भग्नावशेष अचानक पहिरो जस्तै ढल्यो। चार महिला, तीन पुरुषसहित पाँच जना अन्य कामदारहरु पुरिए। उद्धारको क्रममा सात कामदारहरुको शव निकालिएको छ।’
नकातेका अनुसार यो खानी अवैध रुपमा सञ्चालन गरिँदै आएको थियो। लगभग चार महिना पहिले खानी सञ्चालन गरिएको भन्दै पाँच जनालाई पक्राउ गरिएको थियो।
पहिले पक्राउ परेका नै जमानतमा रिहा भएर अवैध खानी सुरु गरेको उनको भनाइ छ। मुख्यमन्त्री राहत कोषबाट प्रत्येक मृतकलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।