Photo : AP
काठमाडौं- अल्जेरियाको पहाडी क्षेत्रमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ। स्थानिय अधिकारीहरुका अनुसार उक्त डढेलो निभाउन गएका २८ अग्नी नियन्त्रकहरुको पनि जलेर मृत्यु भएको छ।
राष्ट्रपति अब्देलमाजिद तेब्बुनेले ज्यान गुमाएकाहरुको सम्मानमा बिहीबारदेखि तीन दिन शोक विदा दिने घाेषणा गरेका छन्। स्थानिय अधिकारीहरुका अनुसार अझै १८ स्थानमा डढेलो नियन्त्रणमा ल्याउन सकिएको छैन।
अनलाइन मिडिया आउटलेट टीएसएले डढेलो नियन्त्रणमा ल्याउन युवा जनशक्तिहरुको खाँचो रहेको बताएको छ।
डढेलो कारण छिमेकी ट्युनिसियालगायत उत्तरी अफ्रिकाको तापक्रममा बढिरहेको छ। अल्जेरियाको राष्ट्रिय मौसम विज्ञान कार्यालयले बिहीबारदेखि केही ठाउँमा तापक्रम ४७ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।