Getty Images
काठमाडौं- चीन सरकारले राष्ट्रिय एकता र क्षेत्रीय सार्वभौमसत्ता खतरामा पार्ने गीतहरुमाथि प्रतिबन्ध लगाउने भएको छ।
संस्कृति र पर्यटन मन्त्रालयले यस्ता गीतहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
‘जसले जातीय घृणा र भेदभाव फैलाउने, राष्ट्रिय एकतालाई खतरामा पार्ने वा राष्ट्रिय सम्मान र हितमा चोट पुर्याउने, देशको धार्मिक नीतिहरुको उल्लघंन गर्ने, अश्लीलता, हिंसा र अन्य आपराधिक कार्यहरुलाई प्रोत्साहित गर्ने गीतले क्षती पुर्याउन सक्छ। यी गीतहरु १ अक्टोबरबाट प्रतिबन्ध गरिन्छ,’ मन्त्रालयले भनेको छ।
यस्ता गीत बजाउने जो कोहीलाई कानुनी कठघरमा ल्याउने मन्त्रालयले चेतावनी दिएको छ।
चीनमा ५० हजारभन्दा बढी गीत र नृत्य मनोरन्जन केन्द्रहरु छन्। अधिकारीहरुले अवैध गीतहरुको पहिचानमा कठिनाइ हुने बताएका छन्।
चीनमा सेन्सरशिप नयाँ होइन। सन् २०१८ मा ६ हजार गीतले प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएको थियो। सामाजिक मिडिया कम्पनीहरुले प्राय: यस्ता सामग्री हटाउने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।