काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले टोकियो ओलम्पिक २०२० मा आफ्ना देशका खेलाडीले गरेको कमजोर प्रदर्शनबारे खेलकुदमन्त्रीसँग स्पष्टीकरण लिने भएका छन्।
पाकिस्तानले टोकियो ओलम्पिकमा १० एथलेटिक्स पठाएको थियो, तर उनीहरु मध्ये कुनै खेलाडीले पदक जित्न सकेनन्। जेवेलिन थ्रोमा अर्शद नदीम र भारोत्तोलनमा तल्हा तालिबले अन्तिम पाँचमा स्थान बनाएका थिए।
पाकिस्तानका केन्द्रीय मन्त्री असद उमरले पाकिस्तानको टिभी च्यानल एआरवाईसँगको कुराकानीमा मन्त्री डा फहमिदा मिर्जालाई स्पष्टीकरण लिन लागेको बताए।
‘प्रधानमन्त्रीले अब आफ्नो कार्यकालको बाँकी दुई वर्षमा देशको खेल पूर्वाधारमा ध्यान केन्द्रित गर्नुहुनेछ। उहाँ युवाहरुलाई क्रिकेट जस्ता अन्य खेलमा प्रोत्साहन गर्न चाहन्छन्,’ उनले भने।
मन्त्री असदले तीन वर्षको कार्यकालमा प्रधानमन्त्री सरकार जोगाउन र अन्य प्रमुख चुनौतीको सामना गर्न लागेको भन्दै खेलकुदमा धेरै ध्यान दिन नसकेको आरो लगाए।
अन्य देशहरुको तुलनामा पाकिस्तानमा खेलकुदमा खर्च नगरेको पनि स्वीकार गर्दै उनले पाकिस्तान ओलम्पिक कमिटी (पीओए)लाई यो स्थितिको लागि जिम्मेवार ठहराउनु पर्ने बताएका छन्।
‘पीओएले सरकारलाई आफ्नो भूमिका निभाउन दिइरहेको छैन। यसले खेललाई हानि पुर्याएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।