Photo : Reuters
काठमाडौं- अफगानिस्तानका राष्ट्रपति मोहम्मद अशरफ घनी मजार शरीफको उत्तरी सहरमा पुगेका छन्। एक उच्चस्तरीय प्रतिनिधिमण्डलसहित उनी बुधबार त्यहाँ पुगेकी हुन्।
यो महत्वपूर्ण शहर पनि चरमपन्थीहरुले कब्जामा लिने खतरा बढ्दै गएकाे छ। उनको यो भ्रमण सहरमा सुरक्षा बलको प्रोत्साहनको एक प्रयासको रूपमा मानिएकाे छ।
तालिबानले विगत पाँच दिनमा मुलुकका ३४ प्रान्तीय राजधानीमध्ये कम्तीमा ७ वटामा कब्जा गरिसकेको छ। अन्य शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ तालिबान समूहले लडाइँ जारी राखेको छ।
तालिबानले बाल्ख प्रान्तको राजधानी मजार शरीफ नजिकै धेरै क्षेत्रहरुको नियन्त्रण पनि लिएका छन्।
बाल्खका पूर्वगभर्नर आतम मोहम्मद नूरले पीपुल्स आर्मी काउन्सिल, सबै दलका प्रतिनिधिहरु मिलेर यस क्षेत्रमा तालिबानलाई रोक्ने प्रयास गरिरहेकाे बताएका छन्।
अफगानिस्तानका नेता अब्दुल रशिद दोस्तम पनि मंगलबार मजार रीफ पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।